मान्छे यति शहरमुखी भइराखरेका छन्, कुरा गरि साद्ये छैन । दिनहुँ शहरतिर कुद्ने मोटरमा कोचिएर मान्छे शहरतिर हुइकिएका हुइकैछन् । तर, शहरमा के छ त ? काम ! काम ! ! काम ! !! कुनै रौनकता छैन । यसो गाउँ तिर हेरौं न । कस्तो मज्जा छ, प्रकृति र जीवन जोडिएको बाँच्ने शैली । जीवन शैलीका भिडियोमा गाउँमा मानिसले कसरी खुसी भएरै जीवन अघि बढाएका छन् भन्ने कुरा देखाउने छौं । हाम्रो बारे नेपाल अझै पनि गाउँ नै गाउँले भरिएको देश हो । शहर बजारको विकास बढ्दो क्रममा भएपनि गाउँ अझै मासिइसकेका छैनन् । तर, सञ्चार माध्यमको बढ्दो पहुँच र मोटर बाटो थपिदै जाँदा गाउँहरुले शहरको रुप लिदैछन् । विकासको यो एउटा अनिवार्य आवश्यकता पनि हो । तर, गाउँहरु शहर बन्दै जाँदा गाउँका खास आफ्नै परम्परा, जीवनशैली, खान–पान र चालचलनहरु हराउँदैछन् । त्यसै पनि गाउँका मौलिक विषयवस्तुहरुले सञ्चारमाध्यममा ठाउँ नै पाउदैनन् । र, ठाउँ पाइहाले भने पनि ती औपचारिक मात्र हुन्छन् । यसैले गाउँबाट टाढा भएकाहरुका लागि आफ्नै गाउँ–ठाउँ पुगेकै जस्तो हुने गाउँका विषयवस्तु चालचलन गाउँकै भाषा शैलीमा देख्न पाउने र गाउँकै लागि पनि मौलिकता जोगाउन नेपाली रुरल टेलिभिजन खुलेको हो ।