युवा

युवा नै परिवर्तन र आशाका बाहक हुन् । युवाका कारण कयौं गाउँको मुहार फेरिएको छ । यसर्थ गाउँमा रहेका युवा, युवा क्लबहरु र तीनका मेहनतका कथाहरु समेटिनेछ, हाम्रो टिभीमा । गाउँको कुरा गाउँमै गुम्सिन नपरोस भनेर हरेक गाउँमा दुई जना युवा भिडियो स्वंसेवक पनि तयार गरिनेछ । उनीहरुको सहयोगमा तयार हुने भिडियोले गाउँको तस्विर जस्ताको तस्तै उतार्न निकै सहज हुनेछ ।