हाम्रो गाउँ, राम्रो गाउँ

गाउँमै बसिरहेकाहरु हुन् या गाउँ छाडेर शहरमा बसेकाहरु । सबैलाई आफू जन्मेको हुर्केको या देखेको गाउँ राम्रै लाग्छ । तर, कसैलाई तपाईंले गाउँ राम्रो छ भन्नु भयो या कसैले तपाईको गाउँमा के राम्रो छ त भनेर सोध्यो भने दुई पटक सोच्नै पर्छ । यसरी के होला भनेर सोच्दै समय किन खेर फाल्ने ? हामी देखाउँछौ, तपाईंका गाउँका खास राम्रा झलकहरु समेटिएको भिडियो कथा । भिडियोमा एउटा गाउँको भूगोल, बसोबास, चाड–पर्वका रमाइलो मेलाहरु र अन्य तपाईंलाई मन परेका दृश्यहरु समेटिनेछन् ।शहरमा बसेर आफ्नो गाउँ आफै हेर्न र अरुलाई देखाउन निकै सजिलो हुनेछ, हाम्रो गाउँ राम्रो गाउँ भिडियो कथाबाट । तपाईंको आफ्नै गाउँको भिडियो कथा बनाउनु छ भने हामीलाई लेख्नु होला है ।